असार २४ गते बिहे गर्दै नीता र हरिहर, यस्तो छ बिहे कार्ड



करीब तीन वर्षदेखि अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी प्रेम सम्बन्धमा रहेको खबर मिडियाको ‘हेडलाइन’ बनिरह्यो । २०७६ सालको कात्तिकमा विरगञ्जमा भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुने क्रममा उनीहरुबीच प्रेम अंकुराएको बताइन्छ । तर, यो जोडीले कहिल्यै प्रेम सम्बन्ध खुलेर स्वीकार गरेन ।

मिडियाबाट लुकिछिपी माया साटिरहेको यो जोडी अब भने प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा छ । केही समयदेखि असार २४ गते उनीहरुले विवाह गर्न लागेको खबर आइरहे पनि यी दुईले यसबारेमा बोलेका थिएनन् । तर, अब विवाहको कार्ड नै बाहिर आएको छ । नीता र हरिहरले चलचित्रकर्मीहरुलाई विवाहमा उपस्थित हुन पठाएको निम्तो कार्डमा विवाहको मिति असार २४ गते उल्लेख छ ।

कार्डमा उल्लेख भएअनुसार, दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि विवाह समारोह सुरु हुनेछ । विवाहमा दुई पक्षका परिवारका सदस्य र आफन्तसँगै दुलहा र दुलहीका केही नजिकका चलचित्रकर्मीहरु मात्र सहभागी हुनेछन् । यो जोडीले रिसेप्सन पार्टी असार २६ गते याक एन्ड यति होटलमै दिन लागेको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu