‘२ नम्बरी’को विदेशमा विक्री सुरु



आगामी कात्तिक ४ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘२ नम्बरी’को विदेशमा माग बढेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार, फर्स्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा चलचित्र विक्री भैसकेको छ ।

यो चलचित्र कात्तिक ४ गते नै दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा रिलिज हुने पक्का भएको छ । चलचित्रलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् । अन्य देशमा पनि चलचित्रको लागि कुरा भैरहेको किरणले जानकारी दिए ।

किरणले भने–‘चलचित्रको फस्टलुकले दर्शकको मन जितिरहेको छ । यसैले, विदेशमा पनि चलचित्र धमाधम विक्री हुन थालेको छ ।’ सौगात र दयाका चलचित्रले ओभरसिजमा राम्रो व्यापार गर्ने भएकाले पनि विक्री सुरु भएको बुझ्न सकिन्छ । उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ विदेशी भूमिमा अत्याधिक चलेको थियो ।

२ साथीको मित्रताको कथामा बनेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ । निर्देशक लामाकै लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu