राजेश हमाल र नीतिले गरे फिल्म तथा टिभी स्कूलको उद्घाटन



काठमाडौंको चावहिलमा नेशनल फिल्म एण्ड टिभी स्कूल खुलेको छ । शनिवार अभिनेता राजेश हमाल, मोडल नीति शाह र आई.आई. एफ.टी स्कूल अफ फेशन एण्ड इन्टेरियरका निर्देशक तथा फेशन कोरिग्राफर विपना थापा लगायतले स्कूलको उद्घाटन गरेका हुन् ।

स्कूलमा चलचित्रका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ । स्कूल उद्घाटनसँगै कलाकारहरुले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्का पनि कलेज उद्घाटनमा सहभागी थिए । अभिनेता हमाल स्कूलको गेस्ट लेक्चर हुनेछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै हमालले चलचित्र अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । उनले भने, ‘हाम्रो पालामा चलचित्र अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन् । युवापुस्ताको यो उत्साह सुखद छ ।’

भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार, स्कूलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्षको पनि पढाइ हुनेछ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu