नीता र हरिहरले गरे ‘ह्रस्व दीर्घ’को शुभसाइत



यही असार २४ गते विवाह बन्धनमा बाँधिन लागेका अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले निर्माणको तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को शुभसाइत गरेका छन् । नीताको होम प्रोडक्सन ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।

ज्योतिष समेत रहेका हरिहरले निकालेको शुभ साइतमा चलचित्रको स्कृप्ट पूजा गर्दै ‘टाइटल फन्ट’ समेत सार्वजनिक गरिएको छ । सार्वजनिक टाइटल फन्टले चलचित्र एक्सन प्रधान हुने बुझाउँछ । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्रमा साउथ चलचित्र ‘पुष्पा’का भिलेन सुनिल वर्मा (सिनुभाई), ‘गजनी’ भिलेन प्रदीपराज रावत, विश्व प्रख्यात कलाकार ब्रह्मानन्दम र अली अनुबन्ध भइसकेका छन् ।

त्यस्तै, नेपालबाट नीता र हरिहरसँगै सरोज खनाल र सलोन बस्नेतको पनि चलचित्रमा अभिनयमा रहनेछ । बलिउड सिनेमेटोग्राफर कबीरलालले खिच्ने चलचित्रको स्कृप्ट प्रतीक पौडेलले लेखेका छन् । चलचित्रको मुख्य सहायक निर्देशकमा वसन्त अधिकारी रहनेछन् । भारतको हैदराबादस्थित संसारको सबैभन्दा ठूलो रामोजी स्टुडियोमा चलचित्रको छायांकन हुँदैछ भने नेपालमा पनि केही प्रतिशत खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu