निश्चल र कबीरसँग लण्डन उडे साम्राज्ञी र गरिमा



घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘लण्डन टु पेरिस’ छायांकनको लागि कलाकारको टोली लण्डन प्रस्थान गरेको छ । सोमवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, मोडल गरिमा शर्मा, कलाकारद्वय कबीर खड्का र निश्चल खड्का लण्डन उडेका हुन् । निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । चलचित्रको छायांकन सेड्युल एक महिनाको छ ।

छायांकनका लागि लण्डन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै साम्राज्ञीले एक महिना वर्कसपमा एकसाथ समय विताएको टिमसँग काम गर्न रमाइलो हुने बताइन् । ‘लण्डन टू पेरिस’बाट डेब्यू गर्न लागेका कलाकारहरुलाई वर्कसपमा आफूले कम्फर्टेबल बनाउने प्रयास गरेको उनको भनाई छ । चलचित्र राम्रो बन्नेमा उनी विश्वस्त देखिएकी छन् ।

यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी गरिमाले आफू वर्कसपको बेला नर्भस हुँदा साम्राज्ञीले आत्मविश्वास जगाउन सघाएको बताइन् । उनले साम्राज्ञीलाई दिदी भनेर सम्बोधन गर्ने गर्छिन् । त्यस्तै, नव-नायक निश्चल खड्काले साम्राज्ञीसँग स्क्रिन शेयर गर्न उत्साहित रहेको बताए । कबीर खड्काले भने पहिलो पटक विदेशमा सुटिङ अनुभव बटुल्न लागेकोमा खुशी व्यक्त गरे ।

एबी इन्टरनेशनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । ‘लण्डन टु पेरिस’को निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह रहेका छन् । भ्रमण प्रेमकथामा आधारित चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu