‘मिलन’को डबिङ सकियो, मुख्य भूमिकामा सलोन, कुशल र शिल्पा



टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्र ‘मिलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको चलचित्रको यसै हप्ता डबिङको सम्पूर्ण काम पूरा भएको निर्माण टिमले जनाएको छ । आगामी कात्तिक पहिलो साताबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा मुख्य भूमिकामा छन् ।

चलचित्रमा शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेमकहानी देख्न पाइने निर्देशक राईले जानकारी दिए । यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रमा लेखन पनि निर्देशक राईकै रहेको छ ।

कुशल र शिल्पाको यो डेब्यू चलचित्र हो । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu