एक्सनले भरिएको ‘आँधी तुफान २’को ट्रेलर



मदन घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘आँधी तुफान २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक्सन प्याक्ड छ । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सखाप बनाउन सिक्रेट मिशनमा रहेका तीन महिना पात्र (आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ) को एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएका छ ।

मौनता श्रेष्ठले निर्माण गरेको चलचित्रमा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, सुदीप आचार्यलगायतको अभिनय छ ।

आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, अचुत गजुरेलको भिएफएक्स, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको शब्द रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन र मन्दिल श्रेष्ठको सम्पादन छ ।

आरआर फिल्मस् (रोहित रत्न) ले वितरण गर्ने चलचित्रले नारी शक्तिको कथा बोल्ने निर्माता मौनता श्रेष्ठ बताउँछन् । यो चलचित्रको पहिलो श्रृंखलालाई पनि उनले नै निर्माण गरेका थिए । २०६३ सालमा महेन्द्र बुढाथोकीले निर्देशन गरेको ‘आँधी तुफान’मा पुजना प्रधान, रिचा घिमिरे र रञ्जु लामिछाने प्रमुख भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu