‘झिंगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीत सार्वजनिक



ज्ञानेन्द्र देउजाद्वारा निर्देशित १६औं चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीतमा मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ भने शान्तिश्री परियार र प्रविन बेडवालले स्वर दिएका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका चार प्रमुख कलाकारहरु केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट नृत्य गर्दै देखिएका छन् । शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनले गीत बलियो बनेको छ । तर, गीत सुन्दा जति कर्णप्रिय लाग्छ, भिडियोले आँत भरिन्न । लोकेशन र कोरियोग्राफीमा भिडियो चुकेको भान हुन्छ ।

हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्र भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित भएर बनेको हो । चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा केकी र आँचलले जेठानी-देवरानीको भूमिकामा अभिनय गरेका छन् । आगामी भदौ १७ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu