‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’को निर्णायकमा सलिनमानदेखि सलोनसम्म



काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो । पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगीताको अहिले दोस्रो संकरण आयोजना हुन लागेको हो ।

१६ देखि २१ वर्षसम्मका यूवा युवतीले भाल लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो । एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।

प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् । त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।

प्रतियोगीताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बनियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका रहेका छन् । निर्णायकले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट बताइएको छ । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ ।

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ युवा युवतीको विकासमा ठूलो मद्दत पुर्‍याउने अपेक्षा आफुले गरेको आयोजक फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहिल खानले बताए । प्रतियोगीताका यस अगाडिका विजेताले ब्राजिलको साउ पाउलोमा आयोजना भएको ‘मिस टिन वर्ल्ड तथा मिस्टर टिन वर्ल्ड’ मा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu