साराको ‘गुञ्जन’ पुष २९ मा प्रदर्शन हुने



अभिनेत्री सारा सिरपालीको मुख्य भूमिका रहेको चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता र वितरकबीच चलचित्रलाई आगामी पुष २९ गते प्रदर्शन गर्ने सहमति भएको हो । चलचित्रलाई मोफसलमा एफडी कम्पनी र काठमाडौंभित्र जिजिए ग्रुप र डिसिएनले वितरण गर्नेछन् । माघे संक्रान्तिलाई लक्षित गर्दै चलचित्रको प्रदर्शन मिति तोकिएको हो ।

यो चलचित्रको छायांकन कोरोना महामारीभन्दा अगाडि नै भएको हो । विगत दुई दशकदेखि नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले ‘गुञ्जन’ निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशित चलचित्र हो । उनले नेपाली चलचित्र क्षेत्रबाट आफूले सिकेको र जानेको सम्पूर्ण ज्ञान, सिप र अनुभवलाई चलचित्रमा खन्याएको बताएका छन् ।

चलचित्रमा सारासँगै प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको अभिनय छ । प्रितमले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्दैछन् ।

चलचित्रको काठमाडौं, पोखरा र जोमसोममा छायांकन भएको हो । राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य निर्देशन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रमा हिराकृष्ण शाही प्रस्तुकर्ता र सुनिता शाही निर्मातामा छन् । चलचित्रको एक गीतमा अभिनेत्री नीता ढुंगानाले आइटम डान्स गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu