संयम र आश्माले मंसिर १६ गते बिहे गर्ने



अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहालले करीब ९ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका छन् । विगत केही वर्षयता अमेरिकामा बस्दै आएका उनीहरु आगामी मंसिर १६ गते विवाह बन्धनमा बाँधिन लागेको जानकारी प्राप्त भएको छ । यो जोडीको विवाह काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा हुनेछ ।

संयम र आश्मा विवाहका लागि दशैं आसपासमा नेपाल आउने तयारीमा छिन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । यो जोडीले पहिलो पटक चलचित्र ‘आभाष’मा काम गरेको थियो । यही चलचित्रमा काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए ।

‘आभाष’पछि संयम र आश्माले चलचित्रमा नाइँ नभन्नु ल ३’मा पनि एकसाथ काम गरे । चलचित्र ‘सायद’बाट अभिनेताको रुपमा डेब्यू गरेका संयमले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । हरेक चलचित्रमा उनको अभिनयको चर्चा हुने गर्थ्यो । आश्मा भने पछिल्लो पटक चलचित्र ‘रामप्यारी’मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu