दीया भन्छिन्, ‘कुनै अभिनेत्रीलाई चलचित्रमा ‘शो-पिस’ हुन मन लाग्दैन’



अभिनेत्री दीया मास्केले ‘सुनगाभा’, ‘साँघुरो’, ‘कागबेनी’, ‘फिटकिरी’ जस्ता चलचित्रबाट आफूलाई अभिनयमा प्रमाणित गरिसकेकी छन् । अब उनी अभिनीत नयाँ चलचित्र ‘दोख’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा आफूले निर्वाह गरेको चरित्र नेपाली समाजमा अझै पनि रहेको उनले बताएकी छन् । एक भेटमा उनले भनिन्, ‘मैले अहिलेसम्म निर्वाह गरेका चरित्र समाजभन्दा बाहिरको छैन ।’

करिअरको सुरुवाती समयदेखि दीयाले गम्भीर खालका चरित्रमा अभिनय गर्दै आएकी छन् । तर, उनी आफूलाई डाँडाकाँडामा नाच्ने भूमिकामा पनि अभिनय गर्न मन लाग्ने बताउँछन् । उनी भन्छिन्, ‘मलाई हरेक प्रकारको चरित्रमा अभिनय गर्न मन लाग्छ । मैले आफ्नो करिअरमा जस्तो-जस्तो काम पाएँ, त्यस्तै गर्दै आएँ । मैले डाँडाकाँडामा गएर नाच्ने खालको चलचित्र नपाएको नै हो ।’

सुरुवाती समयमा गरेको चलचित्रको प्रभावले आफूलाई गम्भीर खालका चरित्रबाट प्रस्ताव आउने गरेको उनको बुझाई छ । ‘म डान्सर हो । डाँडाकाँडामा नाच्न मन पर्छ । तर, त्यो अर्थपूर्ण हुनुपर्छ । मलाई कमेडी चलचित्र गर्न एकदमै मन छ । कति निर्देशकहरुलाई कमेडी चलचित्रमा लिन आग्रह पनि गर्छु । तर, कसैले सिरियस्ली लिँदैन । सायद पहिला गरेको चलचित्रको प्रभावले होला,’ उनले भनिन् ।

अहिले चरित्रमा आधारित चलचित्रहरु आइरहनुलाई उनी कलाकार बन्न चाहनेका लागि अत्यन्त सुन्दर समय मान्छिन् । दीया भन्छिन्, ‘कलाकार भएपछि अभिनयमा विविधता दिन सबैलाई मन लाग्छ । कुनै अभिनेत्रीलाई चलचित्रमा ‘शो-पिस’ जस्तो भएर उभिन मन लाग्दैन । तर, अहिलेको जुन लहर आएको छ, त्यो हेर्दा अब कलाकार बन्ने सुन्दर समय आएको महशुस भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu