‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ प्रतिस्पर्धा हुने, निर्णायकमा सुनिल, दीपेन्द्र र पूजा



एनएनटिभी (नेपाल नेटवर्क टेलिभिजन) ले लघु चलचित्र प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच टेलिभिजनले ‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ नामक प्रतिस्पर्धाको घोषणा गर्दै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) सहित आवेदन आह्वान गरेको छ । स्क्रिप्ट छनौट भइसकेपछि टेलिभिजनले निर्माण अनुमति प्रदान गर्ने एनएनटिभीका सिइओ दिनेश डिसीले जानकारी दिए ।

डिसीले लघु चलचित्रमार्फत् आम दर्शकलाई मनोरञ्जनका साथै नयाँ चलचित्रकर्मीलाई प्रोत्साहन गर्न लघु चलचित्र प्रतिस्पर्धाको आयोजना गरिएको बताए । यो प्रतिस्पर्धामा सहभागी हुने चाहनेले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) अनलाइन www.nntvshorts.com वा टेलिभिजनको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । स्क्रिप्ट छनौट भइसकेपछि टेलिभिजनले निर्माण अनुमति प्रदान गर्ने र त्यसपछि प्रतिस्पर्धामा भाग लिन पाउने सिइओ दिनेश डिसीले बताए ।

‘मेरो कथा, मेरो सिनेमा’ प्रतिस्पर्धाको निर्णायकहरुमा ‘राते काइला’को रुपमा परिचित कलाकार सुनिल थापा, निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री पूजा शर्मा रहेका छन् । टेलिभिजनले आगामी साउन २० गतेसम्म स्क्रिप्ट दर्ता गर्नुपर्ने समयसीमा तोकेको छ । स्क्रिप्ट छनौट साउन २५ गते हुने, चलचित्र निर्माण सम्पन्न भदौ २५ गतेसम्म हुनुपर्ने र चलचित्रको मुल्यांकन भदौ २६ गते हुने टेलिभिजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्क्रिप्ट छनौट भएर निर्माण अनुमति पाएपछि चलचित्रको लम्बाई १२ मिनेटदेखि २४ मिनेटसम्म हुनुपर्नेछ ।

असोज १ गतेबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने प्रतिस्पर्धाको विजेता घोषणा कात्तिक १ गते गरिने दिनेश डिसीले जानकारी दिए । प्रतिस्पर्धामा प्रथम पुरस्कार प्रमाणपत्र र ट्रफीसहित २ लाख, द्वितीय पुरस्कार प्रमाणपत्र र ट्रफीसहित डेढ लाख र तृतीय पुरस्कार प्रमाणपत्र र ट्रफीसहित ५० हजार रहेको छ भने उत्कृष्ट दशलाई प्रमाणपत्र र ट्रफीसहित १० हजार प्रदान गरिनेछ । उत्कृष्ट पाँच लघु चलचित्रलाई डीएआर मुभिजबाट निर्माण हुने चलचित्रहरु तथा टेलिभिजनले निर्माण गर्ने टेलिचलचित्रहरुमा प्राथमिकताको आधारमा काम गर्न अवसर दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu