रेडमड कफीको १३औँ आउटलेट बौद्धमा, गगन थापा र नीति शाहले गरे उद्घाटन



कफी पारखीहरूमाझ छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३औँ आउटलेटको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रभावशाली युवा नेता गगन थापा र मोडल एवम् ‘मिस इन्टरनेशनल नेपाल २०१७’ नीति शाहले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै गगन थापाले १३औँ आउटलेटसम्म बिस्तार गरेकोमा बधाई दिँदै थप बिस्तारको शुभ कामना दिए । साथै, रेड मडले भित्राएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नु पर्ने कुरा राख्दै वैदेशिक लगानीका लागी आवश्यक नीति नियमको लागि पहल गर्ने बताए । त्यस्तै, नीति शाहले पनि यो नयाँ आउटलेट निकै नै आकर्षक रहेको र युवापुस्तालाई मन पर्ने कुरामा ढुक्क रहेको बताइन् ।

११ वर्षअघि काठमाडौँको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको ‘रेडमड कफी’ विस्तार हुने क्रममा रहेको छ । रेडमडले आफ्नो १३ औँ शाखा टुसाल, बौद्धमामा खोलेको हो ।

फस्टाउँदै गएको कफी तथा रेस्टुरेन्ट बजारलाई ध्यानमा राखेर नयाँ आउटलेट टुसाल , बौद्धमामा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यता फ्रान्चाइज होल्डर सुनिता तामाङ र मनोज पाख्रिन पनि आफूहरू रेडमडको कफी, सर्भिस र खानाबाट प्रभावित भएर नै बौद्धमा रेडमड कफी सञ्चालन गर्न अघि बढेको बताउँछन् ।

उपत्यकाभित्र रेडमडका आउटलेटहरु थापाथली, नयाँ बानेश्वर, पानी पोखरी, डिल्लीबजार, एकान्तकुना, झम्सिखेल, दरबारमार्ग, बुढानीलकण्ठ र उपत्यका बाहिर विराटनगर, मनाङ लगायतका स्थानमा रहेका छन् । यससँगै रेडमडले निकट भविष्यमा थप आउटलेट पनि विस्तार गर्ने योजना रहेको सञ्चालक प्रवेश हुमागाईँले जानकारी दिए ।

कफी पारखीका लागि आकर्षक एम्बियन्स र शान्त वातावरण सहितको सेवा रेडमडको मुख्य विशेषता रहेकाले यसले सबै वर्ग र पुस्ताका ग्राहकको मन जित्न सफल भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu