अनुप बराल निर्देशित ‘दोख’ले थाल्यो प्रदर्शन



अनुप बरालको निर्देशनमा बनेको चलचित्र ‘दोख’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । यो चलचित्र ७ वर्ष अगाडि नै निर्माण भए पनि विभिन्न कारणले प्रदर्शनमा आउन ढिलाई भएको थियो । माओवादी-सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्धालाई लिएर दुई गाउँबीच उत्पन्न किचलोको कथालाई प्रस्तुत गरिएको छ । अनुप बरालले निर्देशन गरेका कारण चलचित्रप्रति अपेक्षा ठूलो छ ।

एकल प्रदर्शनमा आएको ‘दोख’ले सिंगल थिएटर पर्याप्त पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ । एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठेतद्वारा लिखित कथामा चलचित्र बनेको हो । यस चलचित्रमा दीया मास्के, लोकमणि सापकोटा, मनिष निरौला, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् । सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu