नीता र हरिहरले कसे लगनगाँठो



अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । शुक्रवार विहान १० बजेदेखि दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा उनीहरुको विवाह समारोह चलिरहेको छ । विवाहमा दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै उनीहरु निकट केही चलचित्रकर्मीहरु सहभागी छन् ।

यो जोडीले २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो । औंठी साटासाटको क्रममा खिचिएको तस्विरमा हरिहर ढाकाको दौरा-सुरुवालमा ठाटिएका छन् भने नीता रातो रंगको लेहंगामा धपक्क बलेकी छन् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाएको खुशी उनीहरुको अनुहारमा देखिन्छ ।

नीता र हरिहरले आइतवार साँझ होटल याक एन्ड यतिमै रिसेप्सन पार्टीको आयोजना गर्दैछन् । उनीहरुको रिसेप्सन पार्टीमा भारतबाट ‘गजनी’ भिलेन तथा साउथका चर्चित कलाकार प्रदीप रावत नेपाल आउने जानकारी प्राप्त छ । नीता र हरिहरले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा प्रदीपले मुख्य भूमिकामा अभिनय गर्दैछन् ।

ज्योतिष पेशामा ठूलो नाम कमाएका हरिहरले चलचित्र ‘शुभ लभ’बाट नायकको रुपमा डेब्यू गरेका थिए । अब उनी श्रीमती नीताको साथमा चलचित्र ‘ह्रस्व दीर्घ’मा देखिँदैछन् । त्यस्तै, बाल कलाकार हुँदै चलचित्र ‘नोटबुक’बाट लिड अभिनेत्रीको रुपमा डेब्यू गरेकी नीताले ‘मसान’, ‘६ एकान ६’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘निभर्य’, ‘साइनो’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu