सस्पेन्स र एक्सनले भरिएको ‘लाखे’ टिजर रिलिज



मल्टीस्टारर चलचित्र ‘लाखे’को टिजर सार्वजनिक भएको छ । भदौ ३१ गते प्रदर्शन हुने चलचित्रको १ मिनेट १० सेकेन्ड लम्बाईको टिजर सस्पेन्स-थ्रील र एक्सनले भरिएको छ । सम्राट बस्नेत निर्देशित चलचित्रको टिजरमा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा र रोहित रुम्बालाई स्थान दिइएको छ ।

सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी पनि अभिनय रहेको चलचित्रका प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) हुन् । चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन छ । टिजरमा चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो सस्पेन्स-थ्रिलर दाबी गरिएको छ ।

चलचित्रको पटकथा आकाश बरालले लेखेका हुन् भने संवादमा उनलाई अनुप न्यौपानले सघाएका छन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । यसअघि ‘पासवर्ड’ निर्देशन गरेका सम्राटले कयौं चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu