‘प्रेमगन्ज’को ‘समय’ गीत सार्वजनिक



परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ सार्वजनिक गरिएको छ । स्याड भर्सनको गीतमा चलचित्रका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् । पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतमा किरण भुसालले आवाज दिएका छन् ।

गीत तेज गिरीको दृष्टिकोणबाट प्रस्तुत छ । निर्देशक परिच्छेद सेनका अनुसार, चलचित्रमा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ । तेज र बेनिशाले युवा उमेरको ‘मैनाराजा’को भूमिकामा अभिनय गरेका छन् भने उनीहरुको टिनएजरको भूमिकामा प्रशन र सुप्रिया प्रस्तुत छन् । चलचित्र भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

राजु फुँयाल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन् । सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायत कलाकारको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त अतिथी भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu