पशुबलीको तस्विर सार्वजनिक नगर्न हसनको अपिल



विश्वभरका मुस्लिम धर्माबलम्बीहरुले आइतवार बकर ईदलाई धुमधामसँग मनाइरहेका छन् । नेपाल सरकारले पनि बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ । नेपाली चलचित्रका नायक तथा निर्माता हसनराजा खानले पनि बकर ईदलाई धुमधामसँग मनाइरहेको बताएका छन् ।

तर, उनले ईदमा पशुबली दिएको तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट नगर्न अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्– ‘पशुबली दिएकोे भिडियो र तस्वीर पोष्ट गर्दा अरुको भावनामा ठेस पुग्न सक्छ । कतिपयलाई यस्तो कुरा मन नपर्न पनि सक्छ ।’

उनले आफू खुशी हुँदा अरुको भावनालाई पनि ठेस पुर्याउन नहुने बताएका छन् । साथै, हसनले यस्ता तस्वीर पोष्ट गरेर अरुको भावनालाई चोट पुर्‍याउँदा अल्ला खुशी नहुने समेत बताएका छन् । चलचित्र ‘अलबिदा’ र ‘रोमियो’को निर्माण तथा अभिनय गरेपछि हसनले नयाँ चलचित्र निर्माण गरेका छैनन् । उनले, चाँडै नयाँ चलचित्रको काम अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu