मंसिरमा विवाहको तयारीमा सौगात र सृष्टि !



अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ विगत ५ वर्षदेखि प्रेम सम्बन्धमा छन् । प्रेम सम्बन्धमा डुबेपछि उनीहरुको चलचित्रमा समेत निरन्तर सहकार्य हुँदै आएको छ । उनीहरुले ‘मासु भात’, ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘दि सिक्रेट अफ राधा’ लगायतका चलचित्रमा एकसाथ काम गरेका छन् ।

यो जोडीले कोरोना महामारीभन्दा अगावै विवाह गर्ने योजना बनाएको थियो । तर, सृष्टिको परिवार बेलायतमा बस्ने भएकाले विवाह पछाडि सर्‍यो । त्यसपछि उनीहरु गत वर्ष विवाह गर्न कस्सिएका थिए । तर, फेरि विभिन्न कारणले हुन सकेन । अब यो जोडीले यसै वर्ष विवाह गर्ने तयारी गरेको छ । विश्वस्त स्रोतका अनुसार उनीहरु आगामी मंसिरमा विवाह गर्दैछन् ।

आगामी भदौ १० गते सौगातले निर्माण र अभिनय गरेको चलचित्र ‘दि सिक्रेट अफ राधा’ रिलिज हुँदैछ । यसमा सृष्टि मुख्य भूमिकामा छिन् । यो चलचित्र प्रदर्शपछि एक नयाँ चलचित्रको छायांकन सकेर सौगात मल्ल विवाहको तयारीमा जुट्ने जानकारी प्राप्त छ । उनीहरु मंसिरको कति गते विवाह गर्दैछन् त्यो भने सार्वजनिक भएको छैन ।

गत वर्ष सौगात र सृष्टिले २०७९ सालमा विवाह गर्ने योजना रहेको बताएका थिए । सौगातले भनेका थिए, ‘हामी २ वर्षदेखि नै विवाहको तयारीमा थियौं । तर, कहिले के नमिल्ने त कहिले के नमिल्ने भएर ढिलाई भएको हो । परिवारबाट विवाहको स्वीकृति भइसकेको छ ।’ कोरोना महामारीअघि सृष्टिको परिवारसँग सौगातले यूके पुगेर भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu