‘प्रपञ्च’को गीतमा रोमान्टिक सुमन र मेनुका



बिएस बलामी निर्देशित चलचित्र ‘प्रपञ्च’को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ‘मुटुमा सास भर्ने आधार’ गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी छ । आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई बद्री साह, अनिल गुप्ता र रवि राज आचार्यले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा शिवानी बलामी छिन् ।

चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव ककोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी रुपशराज खड्का लगायतको पनि अभिनय छ । चलचित्रमा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्वन्द्व निर्देशन, प्रविन ढकालको सम्पादन छ । तर्कराज न्यौपाने मेख्य सहायक निर्देशक रहेको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu