‘शिरको फूल शिरैमा’ गीतमा छल्किएको आकाश र तनुजाको प्रेम



एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम अबिरल बिष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ । शिव वीकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा–रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको यो गीतमा यूवा–यूवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu