प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’को छायांकन सकिएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ । मिलन आले मगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, ममता पौडेल, बिकास थापा मगर, बाल कलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाहको अभिनय छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको चलचित्र लीलामान तण्डुकारले खिचेका हुन् । चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ ।
आरआर फिल्मस्ले वितरण गर्ने चलचित्र मनोरञ्जनले भरपुर रहेको दावी निर्देशक आलेले गरेका छन् । पोस्ट प्रोडक्सन कार्यमा जुटिसकेको चलचित्रको फर्स्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनीक गर्ने जानकारी निर्माता पंगेनीले दिएका छन् ।


