निर्माता सुनिल कुमार थापाको मुटुको अपरेशन सफल



‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाको ओपन-हार्ट सर्जरी सफल भएको छ । मंगलवार विहान ९ बजे काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा डा. भगवान कोइरालाको टोलीले उनको सर्जरी गरेको थियो । पिताको मुटुको अपरेशन सफल भएको जानकारी अभिनेत्री सुहाना थापाले सामाजिक सञ्जालमार्फत् दिएकी छन् ।

डा. कोइरालासहितको टोली र भगवान कृष्णलाई धन्यवाद दिँदै सुहानाले फेसबुकमा लेखेकी छन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ । त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन् । बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतिक्षा गर्न सक्दिनँ ।’ उनले डा. कोइरालासँगको तस्विर पनि पोस्ट गरेकी छन् ।

निर्माता थापाको मुटुमा प्वाल परेको थियो । बच्चामा नै उनको मुटुमा प्वाल देखिएको थियो । तर, ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी गरेका थिएनन् । तर, अहिले पनि मुटुमा प्वाल देखिएपछि निर्माता थापाले सर्जरी गरेका हुन् । सर्जरीपछि उनलाई आइसियूमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu