राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘दिलमाया २’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी पौष २९ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको हो । केही समयअघि चलचित्रको छायांकन सकिएको थियो । चलचित्रको अहिले पोष्ट प्रोडक्सनको काम भैरहेको निर्देशक गिरीले बताए ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, भिष्मराज फुलाराको गीत रचना, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्वन्द्व निर्देशन, बिष्णु निराकर र सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुम बहादुर सुनारको सम्पादन रहेको छ ।


