६ शहरमा ‘प्रकाश’को कमेडी टूर हुने



आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’ले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनहरुको साथमा हुने प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट सुरु भएर भाद्र ५ गते काठमाडौंमा आइ टुङ्गिने छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार, असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ बिराटनगर, श्रावण २७ र २८ हेटौडाँमा र भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ । भाद्र १० गते प्रदर्शनमा आउने चलचित्रले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो ।

‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा चलचित्रका अभिनेता प्रदिप खड्कासहित अन्य कलाकार र कमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौंमा अन्य कलाकारहरु पनि सहभागी हुने जनाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu