समुन्द्रको ‘गुलाबी’मा भित्रिए नाजिर हुसेन



कोरोना महामारीअघि अभिनेता नाजिर हुसेनको चलचित्रमा व्यस्तता लोभलाग्दो थियो । एकपछि अर्को चलचित्रमा उनले अभिनय गर्दै आएका थिए । तर, एकाएक म्यूजिक भिडियोमा व्यस्तता बढेपछि उनले चलचित्रमा खासै काम गरेका थिएनन् । हालै उनी एक नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । उनले समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘गुलाबी’ साइन गरेका हुन् । आगामी भदौ तेस्रो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

‘गुलाबी’मा नाजिरले अहिलेसम्मकै चुनौतीपूर्ण निर्वाह गर्दैछन् । पारलैङ्गिक (फरक लैङ्गिक पहिचान भएको व्यक्ति) कथामा निर्माण हुन लागेको चलचित्रमा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गर्ने बताइएको छ । यसका लागि उनले १५ केजी तौल घटाउनु पर्नेछ । केही महिनादेखि तौल घटाउन उनले मेहेनत गरिरहेको निर्देशक भट्टले बताइन् । नाजिरले तौल घटाएर ५० केजी बनाउनुपर्नेछ ।

नाजिरसँगै चलचित्रका लागि कलाकार विशाल पहाडीसँग पनि कागजी सम्झौता भइसकेको छ । केही कलाकार अडिसनबाट छनोट गर्ने तयारीमा निर्देशक भट्ट छिन् । चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको छ । चलचित्रको स्क्रिप्ट लेखनमा समुन्द्रलाई नाजिरले सघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu