पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ ट्रेलर सार्वजनिक



दीपक वलीको निर्देशनमा तयार भएको चलचित्र ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्ड लम्बाईको ट्रेलरमा चलचित्रका दुई पात्र कृष्ण (पुष्प खड्का) र लीला (श्रद्धा क्षेत्री) बीचको प्रेम र विछोडको कथालाई देखाइएको छ । एउटा सपना बोकेर हिँडेकी युवतीको सुस्त मनस्थिति भएको युवकसँग माया बसेपछि आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्र ‘मंगलम’पछि पुष्प सशक्त चरित्र र अभिनयसहित ‘कृष्ण लीला’मा देखिन लागेको ट्रेलरले संकेत गर्छ । चलचित्रमा उनी उमेर बढी भए पनि सुस्त मनस्थिति भएको अटिजम क्यारेक्टरमा प्रस्तुत छन् । ट्रेलरमा उनको अभिनयले मन छुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu