‘म’को पोस्टरमा संजोगको सस्पेन्स लुक्स



चलचित्र सम्बन्धि सम्पूर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘म’को दुईवटा पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नव-अभिनेता संजोग रसाइलीलाई केन्द्रमा राखिएको छ । चलचित्रको कथा नै उनको वरिपरी घुमेको हुनसक्ने पोस्टरबाट आँकलन गर्न सकिन्छ । चलचित्रका कलाकारहरु सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने र पुनम श्रेष्ठ पनि पोस्टरमा प्रस्तुत छन् ।

दुईवटै पोस्टर हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर ब्लू टोनमा तयार पारिएको छ भने स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखिएको छ । राकेश दाहालले डिजाइन गरेको पोस्टरले चलचित्र सस्पेन्स कथामा निर्माण भएको बझाउँछ । गत महिना सार्वजनिक भएको टिजरले दर्शकमा चलचित्रप्रति कौतुहलता जगाएको थियो ।

टिजरको आधारमा कोही एक क्रिमिनल प्यासेन्ट भएर हस्पिटलमा एड्मिट हुन्छ र उसले त्यहाँबाट कुनै ठूलो प्लानलाई अपरेसन गर्छ । तर, उसले बनाएको प्लान के हो र के गर्छ भन्ने चाहिँ टिजरमा पनि सस्पेन्स छोडिएको छ । टिजर हेर्दा हस्पिटलको एउटै लोकेशनमा कथाको अधिकांश दृश्य सकिएको देखिन्छ । साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक सुवर्ण थापा हुन् । सुवर्णले यसअघि समीक्षात्मक रुपमा सफल ठहरिएको चलचित्र ‘सुनगाभा’को निर्देशन गरेका थिए ।

तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको चलचित्रको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको चलचित्रको क्रियटिभ निर्माता तथा लेखक कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी हुन् । चलचित्र नै बनाउन सिकाउने स्कुलले निर्माण गरेका कारण ‘म’को विषयवस्तु र प्रस्तुतीकरण केही नयाँ हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu