एकसाथ प्रदर्शनमा आए ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’



शुक्रवारबाट दुई नेपाली चलचित्रले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । निमेष प्रधान निर्देशित चलचित्र ‘सम्झना बिर्सना’ र राजबहादुर साने निर्देशित चलचित्र ‘सिल्ली फो’ले प्रदर्शन सुरु गरेका हुन् । दुई चलचित्रमध्ये मल्टीप्लेक्समा शो र संख्यात्मक रुपमा सिंगल थिएटर ‘सम्झना बिर्सना’ले बढी पाएको छ । चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको पनि अभिनय रहेको छ । चलचित्रमा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरुमा छायांकन भएको चलचित्रमा राजन इशान र सुदर्शन तामाङको संगीत, रामजीसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।

त्यस्तै, ‘सिल्ली फो’मा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, अनिता श्रेष्ठ, पुर्णचन्द्र पोखरेल, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मालगायतको अभिनय छ । ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको चलचित्रमा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu