‘बिजुली : च्याप्टर एक’ बन्ने, मुख्य भूमिकामा मुकुन र बेनिशा



चलचित्र ‘बिजुली : च्याप्टर एक’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फर्स्टलुक सार्वजनिक गरेर चलचित्रको घोषणा गरिएको हो । विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको निर्माता लुना केसी हुन् । विकास गिरीको यो डेब्यु निर्देशन हो ।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवद् गीताका चरित्रलाई समेटेर चलचित्र बन्न लागेको हो । भदौ तेस्रो साताबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रलाई हरि घले लामाले छायांकन गर्नेछन् । चलचित्रमा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल र प्रोडक्सन म्यानेजरमा नेत्र विष्ट छन् । सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिनेछ ।

चलचित्रको कथाअनुसार आफूले आफ्नो भूमिकाको लागि निकै मेहेनत गर्नुपर्ने मुकुनले बताए । चलचित्रमा आफ्नो लुक्स र रोलमा निकै भिन्नता दर्शकले पाउने उनको भनाई छ । त्यस्तै, अभिनेत्री हमालले नयाँ र जोश-जाँगरसहित केही गर्ने सपना बोकेको टिमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu