समलिङ्गी प्रेमकथामा बनेको ‘मिरा’को ट्रेलर सार्वजनिक



छोटो चलचित्र ‘मिरा : दि टेल्स अफ लाइफ’ निर्माण भएको छ । शनिवार समलिङ्गी प्रेमकथामा आधारित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन् । पण्डितको यो डेब्यु चलचित्र हो ।

चलचित्रको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली चलचित्र क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् । भोलीका दिनमा पनि अन्य चलचित्रहरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिने उनको अठोट छ । चलचित्रमा उनी कलाकारको रूपमा पनि देखिएकी छन् । उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् ।

अनिल कटुवालले दृश्य कैद गरेको चलचित्रलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ गरेका हुन् भने चलचित्रमा साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ । चलचित्रमा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu