नेपालसहित ८ देशमा ‘प्रकाश’ एकसाथ प्रदर्शन हुने



चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । महङ्गो रकममा बिदेश राइट्स बेचेको बिनिस इन्टटेनमेण्टले नेपालसहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको हो ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी एकल निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu