बोर्ड अध्यक्षका लागि क-कसको दरखास्त स्वीकृत भयो ?



विगत एक महिनादेखि चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ । दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको अध्यक्ष पदका लागि गत असार ५ गते तालुकवाला निकाय सञ्चार तथा सूचना मन्त्रालयले गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो । आवेदन दिन चाहनेहरुका लागि मन्त्रालयले विभिन्न मापदण्ड समेत तोकेको थियो ।

बोर्ड अध्यक्षका लागि दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्र्वद्धन तथा प्रर्वद्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी चलचित्र उद्योगमा कम्तीमा २० वर्षसम्म कार्य गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

मन्त्रालयले आवेदन माग गरेपछि विभिन्न चलचित्रकर्मीले अध्यक्ष पदका लागि दरखास्त दिएका थिए । सोमवार मन्त्रालयले आवेदन दिएकामध्ये १० जनाको दरखास्त स्वीकृत भएको जानकारी गराएको छ । जसमा अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्की रहेका छन् । अब यी १० जनामध्ये एकले बोर्ड हाँक्न पाउनेछन् ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu