‘राधा’को ‘पाउमा पाउजु’ गीत रिलिज, सृष्टि र प्रियंकाको ठुम्का



समीक्षात्मक रुपमा सफल ठहरिएको चलचित्र ‘सुनगाभा’का निर्देशक सुर्वण थापा निर्देशित नयाँ चलचित्र ‘दि सिक्रेट अफ राधा’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘पाउमा पाउजु’ बोलको तीज गीतमा सज्जा चौलागाईं र स्वस्तिमा ढकालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको संगीत र सृजना खत्रीको शब्द रचना छ ।

कविराज गहतराजले कोरियोग्राफी, सञ्जय लामाको छायांकन र विपिन मल्लको सम्पादन रहेको गीतको भिडियोमा अभिनेत्री द्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की छमछमी नाच्दै देखिएका छन् । सृष्टि चलचित्रकी मुख्य अभिनेत्री हुन् भने प्रियंकाले गीतमा मात्र कम्मर कर्माएकी हुन् । गीत सार्वजनिक कार्यक्रममा निर्देशक थापाले चलचित्रमा कथावाचनको रुपमा गीतलाई प्रयोग गरिएको बताए ।

चलचित्रमा सृष्टिसँगै सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा रंगकर्मी सुनिल पोखरेलको अतिथी भूमिका छ । निर्देशक सुवर्ण थापाले अभिनेता सौगात मल्लसँग मिलेर चलचित्र निर्माण गरेका हुन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । आफ्नी आमाको सम्झनामा ‘राधा’ निर्माण गरेको सुवर्णको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu