स्क्रिप्ट चित्त नबुझेसम्म निर्देशन गर्दिनँ : निश्चल बस्नेत



निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन नगरेको ५ वर्षभन्दा बढी भइसकेको छ । २०१७ मा आएको ‘लुट’को सिक्वेलपछि उनले नयाँ चलचित्रको निर्देशन गरेका छैनन् । यद्यपि, उनले चलचित्र निर्देशन गर्न लागेको खबर बाहिर नआएको होइन । लकडाउनअघि उनी चलचित्र ‘जिन्दावाद’ बनाउने अन्तिम तयारीमा समेत थिए । तर, फाइनल भइसकेको स्क्रिप्ट चित्त नबुझेपछि उनले चलचित्र थन्काए ।

‘लुट २’पछि निश्चल अभिनयमा बढी व्यस्त देखिए । यो बीचमा उनले ‘प्रसाद’, ‘घामड शेरे’, ‘दुई रुपैयाँ’ र ‘दि सिक्रेट्स अफ राधा’ चलचित्रसँगै केही म्यूजिक भिडियोमा अभिनय र केही गीतमा आवाज समेत भरे । उनले चलचित्र ‘प्रसाद २’मा पनि काम गर्ने सम्झौता भएको थियो । तर, पछि उनले चलचित्र छाडे । अब उनी एक नयाँ चलचित्रमा अभिनय गर्ने तयारीमा रहेको बताइएको छ ।

सोमवार एक कार्यक्रममा निश्चललाई पत्रकारले प्रश्न गरे- ‘अब निर्देशन गर्न चट्टै छाडेको हो ?’ जवाफमा उनले नगरुन्जेललाई छाडेको प्रतिक्रिया दिए । उनले भने- ‘चलचित्र निर्देशन नगरुन्जेलाई चाहिँ छाडेको हो । गर्ने बेला त गरिहाल्छु । मलाई स्क्रिप्ट जबसम्म चित्त बुझ्दैन तबसम्म म निर्देशन गर्दिनँ । निर्देशनमा ढिलाई हुनुको कारण पनि यही नै हो ।’ उनले ‘प्रसाद २’ केही चिजमा चित्त नबुझेपछि छाडेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu