आफ्नै दुई चलचित्र एक हप्ताको अन्तरमा रिलिज हुने भएपछि सौगात भन्छन्, ‘दुःखी छु’



आगामी भदौमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गरेका दुई चलचित्र एक हप्ताको अन्तरमा प्रदर्शनमा आउने तयारीमा छन् । ‘माइकल अधिकारी’ भदौ ३ र सौगात आफैं निर्माता रहेको ‘राधा’ भदौ १० गतेबाट प्रदर्शन हुँदैछ । अब एउटा चलचित्र हलबाट नउत्रिँदै सौगात र सृष्टिको अर्को चलचित्र प्रदर्शन हुनेछ । जसले गर्दा दर्शकहरु झुक्किने सम्भावना प्रवल रहनेछ ।

बुधवार ‘माइकल अधिकारी’को ट्रेलर रिलिज कार्यक्रममा चलचित्रको रिलिज मिलाउन किन प्रयास नगरेको भन्ने पत्रकारको प्रश्नमा सौगातले दुई चलचित्र एक हप्ताको अन्तरमा रिलिज हुन लाग्दा आफू पनि दुःखी रहेको बताए । आफ्नो चाहनाले नभइ समय तथा परिस्थितिले एउटै समयमा रिलिज हुन पुगेको उनको भनाई छ । तर, उनी दुवै चलचित्र राम्रो भएकाले चल्नेमा विश्वस्त देखिए ।

उनले भने, ‘दुईटा चलचित्र सँगै नआइदियोस् भन्ने मलाई पनि लाग्छ । कथावस्तुले गर्दा ‘राधा’ तीजमै रिलिज गर्नुपर्ने भयो । ‘माइकल अधिकारी’ तीन वर्षअघि बनेकाले धेरै समय राखिराख्न मिल्दैन थियो । अनि, हलिउड र बलिउड चलचित्रसँग बचेर रिलिज गर्नुपर्ने लगायतका कारणले रिलिज सँगसँगै जस्तो परेको हो । तर, म खुशी यसअर्थमा छु कि दुवै चलचित्र राम्रो छन् र दर्शकलाई मनपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu