‘म’को सस्पेन्स ट्रेलर सार्वजनिक



सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ । विरामीको रुपमा अस्पताल छिरेको एक पात्रको अपराधिक घटनासँगको कनेक्सनमा चलचित्र आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । चलचित्रप्रति कौतुहलता जगाउन ट्रेलर सफल छ ।

लामो समयदेखि चलचित्र सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको चलचित्रमा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । ट्रेलरमा सबै कलाकारहरुलाई स्थान दिइएको छ । यही साउन २० गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको चलचित्रको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको चलचित्रको क्रियटिभ निर्माता प्रकाश पुरी हुन् । चलचित्रको पटकथा तथा संवाद पनि उनकै हो । उनले रेगुलर चलचित्रभन्दा ‘म’मा दर्शकहरुले केही नयाँ र फरकपन पाउने बताए ।

त्यस्तै, निर्देशक थापाले सस्पेन्स-क्राइम जनराको चलचित्र निर्देशन गरेर आफूले एक हिसाबमा करिअर दाउमा राखेको पनि बताए । उनले भने- ‘मसँगका समकालीन निर्देशकहरुले हत्तपत्त यो जनराको चलचित्र निर्देशन गर्नुहुन्न । त्यो रिक्स मैले उठाएको छु । यसअर्थ ‘म’ निर्देशन गरेर मैले आफ्नो करिअर दाउमा राखेको छु । तर, चलचित्रलाई राम्रो बनाउन मैले कुनै प्रयास छाडेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu