मेरो ज्यानअनुसार आवाज मेल खाँदैन : सविन श्रेष्ठ



अभिनेता सविन श्रेष्ठको शरीरको सधैं चर्चा हुने गर्छ । सिक्स प्याकका धनी उनी दिनहुँ घन्टौंसम्म जिममा पसिना बगाउने गर्छन् । तर, उनको शरीर जति विशाल छ, आवाज त्यति बोल्ड छैन । जसले गर्दा उनले अभिनय गरेका प्रायः चलचित्रमा अर्कैले आवाज भर्ने गरेका छन् । डेब्यू चलचित्र ‘अन्दाज’देखि नै उनको आवाज चलचित्रमा समावेश भएको छैन ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘म’को ट्रेलर रिलिज भयो । यो चलचित्रमा सविनको विशेष भूमिका छ । ट्रेलरमा उनलाई पनि स्थान दिइएको छ तर, आवाज भने अर्कैको सुनिन्छ । चलचित्रका निर्माता प्रकाश पुरीले शरीरअनुसार आवाज अलि नसुहाउँदा सविनको डबिङ अर्कैले गरेको जानकारी दिए । सविन श्रेष्ठले पनि यो कुरा स्वीकार गरे ।

उनले भने- ‘जस्तो मेरो ज्यान छ, त्यो अनुसारको आवाज छैन । मेरो आवाज एकदमै पातलो सुनिन्छ । ज्यानअनुसार आवाज पनि मेल खानुपर्छ । त्यही भएर मेरो आवाज चलचित्रमा नराखिएको हुनसक्छ । म आफैंले पनि ‘म’को निर्मातालाई डबिङ चाहिँ अर्कैबाट गराउनु भनेको थिएँ ।’ उनले आफू लजालु स्वभावको रहेकाले सार्वजनिक कार्यक्रमहरुमा बोल्न पनि अप्ठ्यारो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu