दीपक-दीपाको चलचित्रमा भित्रिए बेनिशा र मलिना



नेपाली चलचित्र क्षेत्रलाई ‘लिड’ गरिरहेको दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि दुई अभिनेत्री फाइनल भएका छन् । निर्माण टिमले अभिनेत्री द्वय बेनिशा हमाल र मलिना जोशीलाई अनुबन्ध गरेको हो । यी दुई अभिनेत्रीले लामो समयदेखि चलचित्रमा असफलता भोग्दै आएका छन् । यसपटक भने उनीहरुको करिअरलाई राहत मिल्ने देखिन्छ ।

हेमराज विसीले निर्देशन गर्ने चलचित्रको नाम अझै निर्माण टिमले फाइनल गरेको छैन । चलचित्र विकास बोर्डमा ‘छक्का पञ्जा ४’ र ‘श्री माग्ने राजा’ नाम दर्ता गरिएको भएपनि कुन नाममा चलचित्र बनाउने भन्ने विषयमा दीपक-दीपाको समुह छलफलमै छ । सम्भवतः ‘श्री माग्ने राजा’ नाममा नै चलचित्र बन्न सक्नेछ । साउन ९ गतेबाट चलचित्रको मुहूर्त गरेर छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

चलचित्रमा बेनिशा र मलिनासँगै दीपकराज गिरी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाहल, दीपाश्री निरौला लगायतको पनि अभिनय रहनेछ । ‘६ एकान ६’बाट दीपक-दीपा समुहसँग जोडिएर काम गर्दै आएका जितु नेपाल भने यसपटक चलचित्रमा रहने छैनन् । साउनभित्र छायांकन पूरा गरेर कात्तिक दोस्रो साताबाट चलचित्र प्रदर्शनमा गर्ने तयारीमा दीपक-दीपाको टिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu