आम मानिससँग भेट्न ‘म’ले थाल्यो सडक प्रचार



यही साउन २० गतेबाट प्रदर्शनमा उत्रिन लागेको चलचित्र ‘म’को टिमले आम-मानिससँग प्रत्यक्ष रुपमा आमने-सामने हुने उद्देश्यसहित सडकबाट प्रचार थालेको छ । शुक्रवार चलचित्रको टिमका सदस्यहरुले अनुहारमा कलात्मक पेन्टिङ्गसहित ‘म’ अंकित टिसर्ट लगाएर काठमाडौंका विभिन्न चोक तथा गल्लीहरुमा सर्वसाधारणसँग प्रत्यक्ष भेट गर्दै चलचित्रको बारेमा जानकारी गराएका थिए ।

चलचित्रको फरक शैलीको प्रचार शैलीबारे निर्माता प्रकाश पुरीले भने- ‘सडकमा हिँड्ने आम मानिससँग प्रत्यक्ष रुपमा आमने-सामने हुँदा चल्दै आएको प्रचार ट्रेन्डभन्दा केही प्रभावकारी हुने सम्भावना देखेपछि हामीले यो शैली अपनाएका हौं । यो प्रचार शैलीले आम-मानिसलाई चलचित्रप्रति आकर्षित गरेको पायौं । अब यो प्रचार अभियानलाई चलचित्र प्रदर्शनको समयसम्म निरन्तरता दिनेछौं ।’

शुक्रवार काठमाडौंको अनामनगर, नयाँ बानेश्वर, कमलपोखरी, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर र पुतलीसडकमा सडक प्रचार अभियान गरिएको थियो । योसँगै चलचित्रको ट्रेलर काठमाडौंका प्रायः सबै चोकहरुमा रहेका डिजिटल स्क्रिनहरुमा पनि देखाउन सुरु गरिएको निर्माता पुरीले बताए । चलचित्रको बिहीवार एक कार्यक्रमका बीच सस्पेन्स ट्रेलर सार्वजनिक गरिएको थियो ।

कान्तिपुर चलचित्र एकेडेमीले पहिलो पटक निर्माण गरेको चलचित्रमा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । सुवर्ण थापा निर्देशित चलचित्रमा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ । चलचित्रको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu