१० लाखमा नीतिले साइन गरिन् ‘एक्स ९’



लामो समयको प्रयासपछि नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्ने चलचित्रको टुंगो लगाएकी छन् । उनले यसै साता निर्माणको तयारीमा रहेको चलचित्र ‘एक्स ९’ साइन गरेकी हुन् । अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कामध्ये एकको चलचित्रबाट डेब्यू गर्ने इच्छा देखाएकी उनले अन्ततः अनमोलकै मुख्य भूमिका रहने चलचित्रबाट अभिनेत्री बन्ने मौका पाएकी छन् ।

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्रमा नीतिको जोडी अनमोलसँगै बाँधिने छ । विश्वस्त स्रोतका अनुसार, नीतिले १० लाख रुपैयाँमा चलचित्र साइन गरेकी हुन् । मंसिरपछि छायांकनमा जान लागेको चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, अर्पण थापालगायतको पनि अभिनय रहनेछ । चलचित्रमा भारतका चर्चित अभिनेता सुनील सेट्टीले पनि अभिनय गर्ने बताइएको छ ।

चलचित्रको पहिला क्यानडामा छायांकन गर्ने तयारीमा निर्माण टिम छ । पुष्प र अनमोलले भिसा प्रक्रियाका लागि निर्माण टिमलाई पासपोर्ट बुझाइसकेका छन् भने नीतिले पनि चलचित्र साइन गरेसँगै पासपोर्ट दिएकी छन् । क्यानडापछि चलचित्रको यूरोप र नेपालमा छायांकन हुनेछ । सिरिजको रुपमा निर्माण हुन लागेको ‘एक्स ९’लाई नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर चलचित्र भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu