‘प्रेमगन्ज’ युरोपमा प्रदर्शन हुने



आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार बिक्री भएको छ । जर्मनीमा अवस्थित लोकाह फिल्म इन्टरनेशनलले चलचित्रको युरोप प्रदर्शन अधिकार खरिद गरेको हो । आइतवार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी चलचित्रझैं ‘प्रेमगन्ज’ पनि युरोपको हलमा प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

चलचित्रका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्नुको उद्देश्य पैसाका लागि मात्र नभइ नेपाली चलचित्रको प्रदर्शनका लागि ढोका खोल्नु रहेको बताए । यसले भविष्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई पनि बाटो खुल्ने उनको विश्वास छ । भारतमा पनि चलचित्र प्रदर्शनका लागि प्रतिष्ठित कम्पनी पिभिआरसँग निरन्तर छलफल भइरहेको उनले बताए ।

सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल, रश्मी भट्ट, गीता अधिकारी, नरेश पौडेल, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् । राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu