सौगात र सृष्टिको ‘राधा’ ट्रेलर सार्वजनिक



सुवर्ण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार ओएसआरको यूट्युब च्यानलमार्फत् सार्वजनिक भएको २ मिनेट ३० सेकेन्डको ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले ड्राइभरी पेशा गर्ने श्रीमान (सौगात मल्ल) को खोजी गर्ने क्रममा आउने उतार-चढावलाई देखाइएको छ । ट्रेलरमा सृष्टिको लुक्स र अभिनय प्रशंसनीय छ ।

चलचित्रमा सौगात र सृष्टिसँगै दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय छ । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा छन् । निर्देशक थापाले सौगात मल्लसँग मिलेर चलचित्रको निर्माण गरेका हुन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो चलचित्र आफ्नी आमाको सम्झनामा बनाएको सुवर्णको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu