दीपा-दीपाको ‘छक्का पञ्जा ४’को मुहूर्तसँगै छायांकन सुरु



दीपकराज गिरी र दीपाश्री निरौलाको शक्तिशाली समुहले चलचित्र ‘छक्का पञ्जा ४’ निर्माण गर्ने भएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको शुभमुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ । दीपक-दीपाको समुहले ‘श्री माग्ने राजा’ नाममा चलचित्र बनाउने चर्चा व्यापक चलेको भएता पनि अन्ततः ब्रान्ड चलचित्रकै सिरिजलाई अगाडि सारिएको छ ।

‘छक्का पञ्जा’को अघिल्ला तीन सिरिजलाई निर्देशन गरेकी दीपाश्री निरौलाको यसपटक अभिनय मात्र रहनेछ । चलचित्रको निर्देशन गर्ने जिम्मेवारी हेमराज विसीले पाएका छन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहनेछ । कुनै बेला दीपक-दीपा समुहका विश्वास पात्र जितु नेपाललाई भने ‘छक्का पञ्जा ४’मा अटाइएको छैन ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । साउनभित्र सम्पूर्ण छायांकन सकेर आगामी कात्तिकमा चलचित्रलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu