मंसिर २३ मा ‘डेसान’



निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘डेसान’ले सोमबार फर्स्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरेको छ । महामारीको बिषयमा निर्माण गरिएको चलचित्र २३ मंसिरमा प्रदर्शन हुनेछ । सार्वजनिक दुईमध्ये एउटा पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्मित चलचित्रमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगरलगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको चलचित्रको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रलाई एफडी कम्पनी र जिजिए ग्रुप वितरण गर्दैछ ।

कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको चलचित्रले भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रवाह गर्ने निर्माण पक्षले बताएको छ । राज थापा काउचाको कथा रहेको चलचित्रको स्क्रिप्ट निर्देशक कमल स्वयंले लेखेका हुन् । कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्र नेपालभन्दा पहिला विभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu