मुस्कान खातुनको बायोपिकमा वन मन्त्रीले अभिनय नगर्ने



अभिनेता रमित ढुंगाना एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमाथि चलचित्र ‘मुस्कान’ निर्माणको तयारीमा छन् । मुस्कानकै मुख्य भूमिका रहने चलचित्रमा एसिड आक्रमणपछि उनलाई हौसला र सहयोग गर्ने पात्रहरुलाई पनि अभिनय गराउने प्रयासमा रमित छन् । मुस्कानलाई सहयोग गर्ने पात्रमध्ये जनता समाजवादी पार्टीका नेता प्रदीप यादवलाई रमितले अभिनयको प्रस्ताव राखेका थिए ।

अहिले प्रदीप यादव वन तथा वातावरण मन्त्री भएका छन् । मन्त्री हुनुभन्दा अगाडि चलचित्रमा अभिनय गर्ने वचन दिएका उनले अब भने अभिनय गर्ने बताएका छन् । सोमवार उनले चलचित्रमा विशेष भूमिकामा अभिनय गर्न लागेको खबर सञ्चारमाध्यममा आएपछि मंगलवार फेसबुकमा स्टाटस लेख्दै मन्त्री यादवले कार्यव्यस्तताका कारण चलचित्रमा काम गर्न नसक्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘समाजलाई सचेत बनाउने जनचेतनामूलक चलचित्रमा अभिनय गर्ने विषयमा केही समय अगाडि रमित ढुङ्गानाज्यूको प्रस्ताव आएको थियो । विभिन्न चरणमा छलफल पनि भयो तर अहिले थपिएको जिम्मेवारका कारण फिल्मका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु ।’ उनले मुस्कानको जीवनीमा आधारित चलचित्रसँगै उनको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति भने आफ्नो समर्थन रहने बताएका छन् ।

यही साउन अन्तिमबाट छायांकन सुरु हुने चलचित्र ‘मुस्कान’मा मुस्कान खातुनकै मुख्य भूमिका रहनेछ । चलचित्रलाई रमित ढुंगाना स्वयंले निर्माण तथा निर्देशन गर्नेछन् । चलचित्रमा पूर्वप्रधानमन्त्री माधव नेपाल, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पनि अभिनय रहने बताइएको छ । २०७६ सालमा बिद्यालयबाट घर फर्किने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रामण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu