‘प्रेमगन्ज’को ट्रेलरमा दुई कालखण्डको प्रेमकथा



आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको ३ मिनेट ३० सेकेन्ड लम्बाईको ट्रेलरमा दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरिएको छ । बाल्यकालमा गाउँमा हुर्किएको प्रेम समयसँगै कसरी टाढा हुँदै जान्छ भन्ने कुरालाई ट्रेलरमा देखाइएको छ । मनछुने संवादहरु राखिएको ट्रेलर इन्गेजिङ छ ।

अभिनेत्री बेनिशा हमाल र नव-अभिनेता तेज गिरीको बाल्यकालको भूमिकामा राइडर प्रशन र सुप्रिया खनालले अभिनय गरेका छन् । बाल्यकालमा जीवन विताउने कमस खाएको प्रेमी वर्षौंसम्म गुमनाम हुँदा आँशुको साहरामा बाँचेकी बेनिशाले गाउँबाट शहर पसेपछि जीवन जिउनका लागि डान्स बारमा नृत्य गर्ने युवतीको भूमिकामा प्रशंसनीय अभिनय गरेकी छन् ।

चलचित्रलाई परिक्षेद सेनले निर्देशन गरेका हुन् । राजु फुँयाल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘प्रेमगन्ज’को लेखक परिच्छेद आफैं हुन् । सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् ।

किरण गुरागाईं, रेशम थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मल लामिछाने निर्माता रहेको चलचित्रको सह-निर्मातामा प्रकाश झा, अन्जना श्रेष्ठ, भावना बस्नेत, शेखर पोखरेल, भरत काफ्ले, राजेश ढकाल, मित्रलाल ढकाल, उमाकान्त विक, विकल्प भट्टराई र ध्रुवराज घिमिरे छन् । मोफसलमा एफडी कम्पनी र काठमाडौंभित्र डिसिएनले वितरण गर्ने चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लोकाह इन्टरनेशनलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu