पितालाई बधाई दिँदै अनमोल लेख्छन्, ‘तपाईंको भूमिका झन् गहन बनेको छ’



चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता भुवन केसीलाई छोरा अनमोल केसीले सुन्दर शब्दमा बधाई तथा कार्यकालको शुभकामना दिएका छन् । आफ्नो आगामी चलचित्र ‘छड्के २’को वर्कसपका लागि केही दिनदेखि चितवनमा रहेका उनले सामाजिक सञ्जालमा पितासँगको बाल्यकालको तस्विर पोस्ट गर्दै नेपाली चलचित्रको श्रीवृद्धिमा थप योगदान रहनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले पितालाई आफ्नो मार्गदर्शक र प्रेरणाको स्रोत भन्दै लेखेका छन, ‘बाटो हिँड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरुकै पाईलाहरु पछ्याउँदै यहाँसम्म आइपुगेको छु । आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’

अनमोलले दिएको बधाई तथा शुभकामनाको शब्दले भुवनमाथि चलचित्र क्षेत्रले राखेको आशा, विश्वास र भरोसा बोल्छ । हिजोसम्म प्रश्न गर्ने ठाउँमा रहेका भुवन अब प्रश्नको जवाफ दिने र समस्या समाधान गर्ने अहोदामा पुगेका छन् । कलाकार, निर्माता तथा निर्देशकको रुपमा चलचित्र क्षेत्रको समस्या बुझेका उनले आफ्नो कार्यकालमा उपलब्धिमुलक कामहरु गर्ने धेरैको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu