‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ टिकटकमा हिट



आगामी भदौ ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको प्रेमकथानक चलचित्र ‘कृष्ण लीला’का गीत-संगीतले लोकप्रियता हासिल गरिरहेका छन् । चलचित्रमा समावेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्’ गीत सफल हुँदै गर्दा निर्माण टिले अर्काे गीत सार्वजनिक गरेको थियो, ‘ए मेरो हजुर’ । यतिबेला चलचित्रको यो गीत सर्वत्र गुन्जिरहेको छ ।

रबि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ गीतमाथि सर्वाधिक टिकटक बनेको छ । एक महिनाअघि सार्वजनिक भएको गीतको अहिलेसम्म चार लाखभन्दा बढी टिकटक भिडियो बनिसकेको छ भने एक करोडभन्दा बढी भ्यूज भइसकेको छ । यूट्युबमा भने यो गीतलाई सवा १७ लाख पटक हेरिसकिएको छ । डा. डिआर उपाध्यायले लेखेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । गीतमा बाबुल गिरीको संगीत, माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन छ ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नविन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाईं मुख्य भूमिकामा छन् । रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा लिखित चलचित्रमा शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । चलचित्रको वितरण निर्माण कम्पनी आरआर फिल्मस्ले नै गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu